लाको बेला पिशाव गर्नपनि गाह्रो छ देशमा।


२०६७ सालमा काठमाडौं पस्ने बेला जनसंख्या अहिले भन्दा थोरै थियो, ७६ साल आइपुग्दा मान्छेहरुको संख्या बढ्यो तर सुलभ शौचालय भने बढेनन् । सरकारले खुला ठाँउमा पिशाव गर्न निरुत्साहित गर्नकालागी भित्ता भित्तामा भगवान्को फोटो पनि टास्यो, ठुला ठुला अक्षरले चेतावनी पनि लेख्यो र खुला दिसापिशावमुक्त क्षेत्रपनि घोषणा ग¥यो तर सुलभ शौचालय भने बनाएन ।

घोषणा जेसुकै गरिएता पनि चेतावनी जेसुकै लेखिएता पनि जुनसुकै ठाँउमा जुनसुकै समयममा जोसुकै व्यक्तिलाई पिशाव लाग्नसक्छ । पिशाव लागेपछिको उपाय सबैको एउटै हुन्छ, फरक यति हो त्यो कहिले हाम्रो नियन्त्रणमा हुन्छ कहिले हुदैन । स्वास्थ्यकै दृष्ट्रिकोणले हेर्ने हो भनेपनि दैनिक रुपमा दुई लिटरसम्म पानी प्युनु पर्छ र स्वास्थ्य व्यक्तिले औसत रुपमा आधी लिटरजति पिशाव २४ घण्टामा फाल्नुपर्ने हुन्छ । यदि समय समयमा यसो नगर्ने हो भने मिर्गौला, मुत्रनली, मुत्रथैलीका समस्याहरु लगायतका अन्य स्वास्थ्य समस्याहरु देखिन सक्दछन् ।

तर के गर्नु त्यति हुदा हुदैपनि लाको बेलामा पिसाब गर्नपनि गाह्रो छ देशमा ।

केही समय अघिसम्म त घुम्ती शौचालयको उपलब्धताले वसन्तपुर लगायतका केही क्षेत्रमा अलि मात्र भएतापनि राहत पु¥याएका थिए तर घुम्ती शौचालयहरुले घुम्न छाडेपछि भने समस्या अझै बढेको छ ।कहिलेकहीँ त सोच्छु काठमाडौंका सडकमा अलपत्र पारिएका गाईवस्तुले पढ्न जानेका भए सबै मान्छेका लागि सुलभ नरहेका शौचालयहरु प्रयोग गर्न तिनीहरुका लागि कतिसम्म असुलभ हुन्थे होला ।

गाईवस्तुबाट फेरि व्यक्तिहरुतर्फ नै फर्किन्छ । मेरो साथीलाई काठमाडौंमा सुलभ शौचालयको अभावले पिसाब थामेर बस्नु परेको कुरा गर्दा विज्ञानका विद्यार्थी परेछन् । ठट्टापारामा भन्नुभयो थामेको राम्रै हो, पिसाबमा खनिज हुन्छ । मनमनै साचे अब खनिज छ भन्दैमा थामेर नराख्न सकिन्छ न त स्वास्थ्य करनै हुन्छ ।

अब कुरा गरौं भएका सुलभ शौचालयका कुरा मैले पहिलोपटक सार्वजनिक शौचालय प्रयोग गर्दा पिसाब गरेको रु २ लिइन्थ्यो, अहिले रु ५ छ, तर सुलभ शौचालयको अवस्था यतिसारै फोहोर हुन्छ कि कुनै नराम्रो फोहोर कुरा दर्शाउनु पर्दा सुलभ शौचालयभन्दा फोहोर रहेछ भन्दा फरक पर्दैन ।

आपतपरेका बेला यदि सार्वजनिक रुपमा उपलब्ध भएका सुलभ शौचालयबाट टाढा भइयो भने भाग्यमानी हुनुहुन्छ भने रु १५ को कालो चिया वा रु.३५ को चिसो कोला खाएरपनि राहत पाउनु सकिन्छ होइन भने देउतालाई समेत बचाउन सकस हुनसक्छ । तर गोजिमा पैसा नपरको समय प¥यो भने काठमाडौं खुला दिसापिशाव मुक्त क्षेत्र भएकोमा दुख हुनसक्छ । हुन त, काठमाडौंका धेरैजस्ता मल, हस्पिटलहरुमा शौचालयहरु हुन्छन् र मलका धेरै शौचालय सफा पनि हुन्छन् । तर पिसाब गर्नैका लागि मलपस्दा मनमा एकप्रकारका चिसो र डर महसुस भइनै रहन्छ । जुन मुभी हेर्न जाँदा वा केही सामान किन्न जाँदा भने पक्कै हुँदैन ।

अहिले सबै कुराका लागि एपहरु छन्, खानाको लागि एप, यात्राकाको लागि एप । कहिले कहि सोच्छु नजिकैको सुलभ शौचालय देखाउने एप चाहि किन नबनाएका होलान् आइटीका मित्रहरुले । थोरैमात्र भएपनी राहत हुन्थ्यो,  उहाँहरुलाई पिसाब नलाग्ने त हैन होला ।

अन्त्यमा सरकारलाई मेरो निवेदन छ कि त ठाउँठाउँमा शौचालयको संख्या थप्नुप¥यो कि जापानबाट व्यस्क व्यक्तिका लागि पनि डाइपर मगाई दिनुप¥यो । सुन्दा असजिलो लागेपनि यो समस्याका बारेमा कुरा गर्नु आवश्यक छ । यो समस्या महिला पुरुष दुवैलाई हुन्छ, झन् अपा¨ता भएका व्यक्तिहरुलागि अझ धेरै गाह्रो छ । प्राकृतिक प्रक्रिया हो रोक्न सकिन्न, विकासलाई त समय लाग्ला ल ठीकै छ कम्तिमा सहज तरिकाले पिसाब गर्ने वातावरणचैँ हुनुनै पर्छ देशमा ।



समाप्त

लक्ष्मण नाथ



Comments

  1. Apps banaune innovative idea furyo. Baru survey mapping chhittai garna sallaha dinchhu.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

8 Colours in My Rainbow: Life is All About Living

माइतकाे धान

A silly achievement