लाको बेला पिशाव गर्नपनि गाह्रो छ देशमा।
२०६७ सालमा काठमाडौं पस्ने बेला जनसंख्या अहिले भन्दा थोरै थियो, ७६ साल आइपुग्दा मान्छेहरुको संख्या बढ्यो तर सुलभ शौचालय भने बढेनन् । सरकारले खुला ठाँउमा पिशाव गर्न निरुत्साहित गर्नकालागी भित्ता भित्तामा भगवान्को फोटो पनि टास्यो, ठुला ठुला अक्षरले चेतावनी पनि लेख्यो र खुला दिसापिशावमुक्त क्षेत्रपनि घोषणा ग¥यो तर सुलभ शौचालय भने बनाएन । घोषणा जेसुकै गरिएता पनि चेतावनी जेसुकै लेखिएता पनि जुनसुकै ठाँउमा जुनसुकै समयममा जोसुकै व्यक्तिलाई पिशाव लाग्नसक्छ । पिशाव लागेपछिको उपाय सबैको एउटै हुन्छ, फरक यति हो त्यो कहिले हाम्रो नियन्त्रणमा हुन्छ कहिले हुदैन । स्वास्थ्यकै दृष्ट्रिकोणले हेर्ने हो भनेपनि दैनिक रुपमा दुई लिटरसम्म पानी प्युनु पर्छ र स्वास्थ्य व्यक्तिले औसत रुपमा आधी लिटरजति पिशाव २४ घण्टामा फाल्नुपर्ने हुन्छ । यदि समय समयमा यसो नगर्ने हो भने मिर्गौला, मुत्रनली, मुत्रथैलीका समस्याहरु लगायतका अन्य स्वास्थ्य समस्याहरु देखिन सक्दछन् । तर के गर्नु त्यति हुदा हुदैपनि लाको बेलामा पिसाब गर्नपनि गाह्रो छ देशमा । केही समय अघिसम्म त घुम्ती शौचालयको उपलब्धताले वसन्तपुर लगायतका केही क्षेत्र...