माइतकाे धान
जेठ महिनाका उदेक लाग्दा दिनहरू थिए । बारि सम्याउने क्रममा लागेका गाँउलेहरू वेला वेलामा काेदालाे टेकाएर अाकाशतिर हेर्ने गर्दथे, अनि कम्मरमा बादिएकाे पटुकाकाे एक छेउलाइ दुबै हातले समाएर अनुहार भरिकाे पसिना पुछेर फेरि एकसुरले खन्न थाल्दथे । सबैजसाे गाँउलेहरू असारे धानकाे बेर्ना छर्ने तयारीमा लागेकाे प्रस्ट हुन्थ्याे । गाँउभरिकाे सबैभन्दा फुर्सदिलाे व्यक्ति म नै थिए भन्दा फरक पदैनथ्याे, मसगं न खन्नकालागी बारि थियाे नपाल्नकालागी परिवार नै । त्याे सबै मैले अतिथमा छाडेर अाएकाे थिए मेरा कल्पनाहरूकाे अध्याराेमा मेराे पहुच भन्दा टाढा । गाँउमा मजतिकाे फुर्सदिलाे एक मात्र अर्काे व्यक्ति हुनुहुन्थ्याे बिर्खमान् दाइ। त्याे दिन म उहाँकाे घरपुग्दा नाम्लाेभरि धान राखेर पिडिमा बसि हुक्का तान्दै हुनुहुन्थ्याे । मैले पुग्ने वितिक्कै काैतुहल भएर बिर्खमान् दाइलाइ धान केका लागी हाे भनेर साेधे । बिर्खमान् दाइले अलि भावुक हुदै भन्नु भाे गाैतमीलाइ विहे गरि अन्माएर याे घरमा ल्याउदाे दुइ अन्जुलि जति माइतकाे धान ल्याएकि थिइ । उनीले चार महिना जति त्याे पाेकाे शिरानमाथी नै राखिन्हाेला, जब त्याे...